नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधि नेपाल राष्ट्र बैंक पुगेका छन् । सुन आयात सहज बनाउन माग गर्दै सुनचाँदी व्यवसायीहरु राष्ट्र बैंक पुगेका हुन् ।
सुन आयात र बिक्री गर्न वाणिज्य बैंकहरुले मात्रै पाउने प्रावधान रहेकाले हालको आयात निर्यात को कार्यान्वयन फितलो भएको भन्दै त्यसलाई सहज बनाउन सुन व्यवसायीहरुले माग गरेका छन् ।
राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेपछि सुनचाँदी ब्यवसायीले बैंकलाई गुहारेका हुन् ।राष्ट्र बैंकले सुन आायत कोटामा पुनरावलोकन गरिने आश्वासन दिएको महासंघले जनाएको छ ।
हाल वाणिज्य बैंकहरुले सामान्य अवस्थामा २० केजी र चाडवाडका बेला २५ केजी सुन आयात गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया