अब विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

बुधबार, २८ माघ २०७७, १५ : २६

काठमाडौं - प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नेपाल राष्ट्र बैंकको स्वीकृतिबिनै भित्र्याउन सकिने भएको छ । 

नेपाल राष्ट्र बैंकले एफडिआईलाई सहजीकरण गर्न ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७’ मा नीतिगत व्यवस्था ल्याउन लागेको हो । 

यसअघि एफडिआई भित्र्याउन नेपाल राष्ट्र बैंकबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था थियो । 

मस्यौदाका रूपमा जारी गरेको उक्त विनियमावलीमा १ महिनाभित्र रायसुझाव दिन केन्द्रीय बैंकले सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

विदेशी लगानीकर्ताले राष्ट्र बैंकबाट स्वीकृति लिन नपरे पनि अन्य निकायबाट भने स्वीकृति लिनुपर्ने बताइएको छ । विनियमावलीले लगानीकर्तालाई थप सहज बनाउने विश्वास छ । 

विदेशी ऋण ल्याउनुअघि राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्थालाई भने निरन्तरता दिइएको छ ।

बुधबार, २८ माघ २०७७, १५ : २६

प्रतिक्रिया