विराट कोहलीलाई पछि पार्दै जोए रुट बरीयताको तेस्रो स्थानमा

बुधबार, २८ माघ २०७७, १७ : १६

आईसीसीको टेस्ट क्रिकेट बरीयतामा इङ्ग्ल्याण्डका कप्तान जोए रुट तेस्रो स्थानमा आएका छन् । रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका हुन् । 

भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटको रेटिङ प्वाइन्ट ८८३ छ ।
भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको रेटिङ प्वाइन्ट ८५२ रहेको छ । 

यस्तै वरीयताको पहिलो स्थानमा न्युजिल्याण्डका केन विलियमसन रहेका छन् उनको ९१९ रेटिङ प्वाइन्ट रहेको छ भने रेटिङ ८९१ प्वाइन्टका साथ अस्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा रहेका छन् ।  अस्ट्रेलियाकै मार्नस लाबुशेन चौथो स्थानमा रहेका छन् उनको रेटिङ प्वाइन्ट ८७८ रहेको छ ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स ९०८ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा छन् भने अलराउण्डरतर्फ इङ्ग्ल्याण्डका बेन स्टोक ४२८ प्वाइन्टका साथ वरीयताको शीर्ष स्थानमा छन् । 

बुधबार, २८ माघ २०७७, १७ : १६

प्रतिक्रिया