पटक-पटक भएको तेलको मूल्यवृद्धि एकमुष्ट फिर्ता गर्न यातायात व्यवसायीको माग

विहीबार, २९ माघ २०७७, ११ : २६

काठमाडौं - यातायात व्यवसायीहरुले तेलको मूल्यमा भएको वृद्धि फिर्ता गर्न माग गरेका छन् । उनीहरुले पटक-पटक भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न माग गरेका  हुन् । 

सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न पनि माग गरेका छन् ।

सरकारले त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको छ । यसबाट आफूहरु पीडित बन्नुपरेको व्यवसायीको गुनासो छ ।

विहीबार, २९ माघ २०७७, ११ : २६

प्रतिक्रिया