टी–२० सिरिजका लागि इंग्ल्याण्डको  टिम घोषणा

विहीबार, २९ माघ २०७७, १८ : ०४

भारतविरुद्धको टी–२० सिरिजका लागि इंग्ल्याण्डले टिमको घोषणा गरेको छ । मार्च १२ बाट अहमदावादमा सुरु हुने  तीन वटा सिरिजका लागि इंग्ल्याण्डले १६ खेलाडीको टिम बनाएको हो  ।


इयोन मोर्गनको कप्तानीमा रहेको टिममा मोयन अली, जोफ्रा आर्चर, जोनाथन ब्रेस्टो, साम बिलिङ, जोस बट्लर, साम कुरान, टोम कुरान, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डाविड मालान, आदिल रासिद, जेसोन रोय, बेन स्टोक्स, रिसी टोप्ले र मार्क उड छन ।

टी २० सिरिजका लागि टिममा परेका खेलाडी फे्रबेवरी २६ तारिखमा भारत जानेछन्। टिममा दुई जना रिजर्भ खेलाडी राखिएको छ ।

जसमा जाक बल र मेट पार्किन्सन छन । इंग्ल्याण्डले भारतसँग पाँच टी २० खेल खेल्नेछ । 

विहीबार, २९ माघ २०७७, १८ : ०४

प्रतिक्रिया