नेपाल,ओमान र अमेरिका बिचको त्रिदेशीय क्रिकेट सिरिज स्थगित

शुक्रबार, ३० माघ २०७७, १४ : ३०

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तरर्गत हुने भनीएको त्रिदेशीय क्रिकेट सिरिज स्थगित भएको छ । आउँदो मार्चमा ओमान,अमेरिका र नेपाल बिच हुने भनिएको सिरिज स्थगित भएको हो । 

नेपाल क्रिकेट संघ (क्यान्) ले एक विज्ञक्ति जारी गर्दै त्रिदेशीय क्रिकेट लिग–२ स्थगित भएको  जनाएको छ ।   

विश्व क्रिकेट नियामक संस्था आईसीसीले कोभिड–१९ को बढ्दो प्रभाव, लामो क्वारन्टिन प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरेको क्यानको भनाई छ । 

आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित गरेको छ । त्यस्तै, पपुवा न्युगिनी, अमेरिका र नामिबिया सहभागी हुने श्रृङ्खला पनि नहुने भएको छ । 

शुक्रबार, ३० माघ २०७७, १४ : ३०

प्रतिक्रिया