एजेन्सी - इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी बनेका छन् ।
पोर्चुगलका स्ट्राइगर रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्विटरमा गरि ५०० मिलियन फलोअर्स पुगेको छ । यससँगै रोनाल्डो ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका हुन् ।
यस अघि सामाजिक सञ्जालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोअर्स पुगेको थिएन ।
रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोअर्स रहेको छ ।
यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स रहेको छ भने ट्विटरमा उनको फलोअर्स ९१ मिलियन रहेको छ ।
प्रतिक्रिया