काठमाडौं - विश्वभर एप्पल घडी प्रयोग गर्नेको संख्या १० करोड बढि पुगेको छ । एबभ एभालोनको एक रिपोर्टले यस्तो देखाएको हा ।
रिपोर्टका अनुसार २०१५ देखि २०२० को अन्त्यसम्म आउँदा एप्पल घडी प्रयोग गर्नेको सङ्ख्याले नयाँ आँकडा पार गरेको छ ।
साथै २०२० एप्पल घडीका लागि सबैभन्दा बढी प्रभावकारी बनेको छ । यो एक वर्षमा मात्रै ३ करोड नयाँ एप्पल घडी प्रयोगकर्ता बनेका छन् । यो संख्या २०१५, २०१६ र २०१७ का प्रयोगकर्ता जोड्दा पनि धेरै रहेको रिपोर्टमा देखाइएको छ ।
कुल आईफोन प्रयोगकर्तामध्ये १० प्रतिशतले एप्पल घडी प्रयोग गर्ने गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया