बार्सिलोनाको एलाभेसमाथि फराकिलो जित

आइतबार, ०२ फागुन २०७७, ०७ : ४८

एजेन्सी - स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार एलाभेसलाई ५–१ ले पराजित गरेको छ । लियोनल मेसी र फ्रासिस्को ट्रिनकाओले दुई–दुई गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो । 

यो जितपछि बार्सिलोना २२ खेलबाट ४६ अंकसाथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडको २१ खेलबाट ५४ अंक सहित पहिलो स्थानमा छ । 

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४६ अंक छ । आइतबार र रियल भालाडोलिडबीचको खेल भने १–१ को बराबरीमा समाप्त भएको थिए । 

आइतबार, ०२ फागुन २०७७, ०७ : ४८

प्रतिक्रिया