इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीले सानदार जित निकालेको छ । खेलमा युभेन्ट्सलाई १ ० ले हराउँदै जित हासिल गरेको हो ।
घरेलु मैदानमा नापोलीका लोरेन्जो इन्सिग्नेले खेलको ३१औँ मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरे।
जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अङ्क जोडेको छ ।हारसँगै तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अङ्क छ । शीर्ष स्थानको मिलानको ४९ अङ्क छ ।
प्रतिक्रिया