कोरोनाले मझौला उद्योग नमज्जाले प्रभावित, सरकारकै अध्ययन भन्छ, ‘शतप्रतिशत उद्योग घाटामा ’

आइतबार, ०२ फागुन २०७७, १३ : ४८

काठमाडौं – कोरोना नियन्त्रण गर्न गत चैतदेखि लामो समयसम्म लगाइएको बन्दाबन्दी तथा पटक पटकको निषेधज्ञाका कारण मझौला बर्गका सबै उद्योग घाटामा गएका छन् । 
उद्योग मन्त्रालयले उद्योग क्षेत्रमा कोरोनाले पारेको प्रभावबारे गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनअनुसार मझौला बर्गका शतप्रतिशत उद्योग नै घाटामा गएका छन्् । त्यो अनुसार कोरोनाले मझौला उद्योगलाई नमज्जाले प्रभावित पारेको देखिन्छ ।
तर, ठुला उद्योगमा भने अलि कम असर परेको देखिन्छ । कोरोना महामारीका बाबजुत पनि ५० प्रतिशत उद्योगले नाफा कमाएको छ । कोरोनाका कारण ३७.५ प्रतिशत ठुला उद्योग घाटामा गएको छ । यसका अलावा अध्ययनमा सहभागी भएको १२.५प्रतिशत उद्योगले नाफा नोक्सान सम्बन्धमा आफुलाई खुलाएका छैनन् । 
यस्तै, साना उद्योगलाई पनि कोरोनाले नमज्जाले प्रभावित पारेको देखिन्छ । कोरोनाका कारण ८७.५ प्रतिशत सना उद्योग घाटामा गएका छन् ।  अध्ययन अनुसार १२.५ प्रतिशत साना उद्योग मात्र नाफा कमाएका छन् । 
यस्तै, लघु उद्योग तर्फ ८२.४९ प्रतिशत उद्योग घाटामा गएका छन् । लघु उद्योग तर्फ ५.९ प्रतिशत उद्योग मात्र नाफामा गएका छन् । यसका अलावा ११.८ प्रतिशत लघु उद्योगले यसबारे नखुलाएको उद्योग मन्त्रालयको भनाइ छ , 
 

आइतबार, ०२ फागुन २०७७, १३ : ४८

प्रतिक्रिया