इलाम - इलाम नगरपालिकाले किसानलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदानमा गाई दिएको छ । नगरलाई दूध उत्पादनमा स्वभालम्बी बनाउन गाई वितरण गरेको हो ।
नगरका १२ वडामध्ये ११ वडाका ११० किसानलाई गाई दिएको हो । इलाम बजार क्षेत्रमा पर्ने वडा नंं ७ मा भने नगरले गाई नदिएको हो । वटा वडाका ११० जना किसानलाई रु २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ ।
प्रत्येक वडामा १०/१० जनाको दरले किसानलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए । किसानले कम्तमिा रु ५० हजारको गाई खरीद गर्नुपर्ने र त्यसको ५० प्रतिशतले हुन आउने रकम रु २५ हजार नगरपालिकाले किसानलाई प्रदान भुक्तानी गरेको पनि उनले बताए ।
नगरले बजार क्षेत्रमा मात्रै विकासका काम गर्दै आएको भन्दै आलोचना हुन थालेपछि गाईपालनको कार्यक्रममार्फत सबै वडालाई समेटेको हो । किसानले गाई खरीद गरेर बीमासमेत गरेपछि नगरपालिकाले अनुदान रकम किसानलाई दिने गरेको छ ।
प्रतिक्रिया