३ करोडको लागतमा चिस्यान केन्द्र

आइतबार, ०२ फागुन २०७७, १४ : १५

सङ्घीय सरकार र शुक्लागडकी नगरपालिका सहयोगमा सङ्गमटोलमा चिस्यान केन्द्र निर्माण हुने भएकोे छ । सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडको लागतमा केन्द्र निर्माण गर्न लागेको हो । 

बोलपत्र पश्चात यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाइएको वडाध्यक्ष रेग्मीले बताए । करीब साढे दुई रोपनी क्षेत्रमा निर्माण गरिने चिस्यान केन्द्रको दुई हजार ५०० मेट्रिक टन क्षमताको हुनेछ । शुरुमा वडालाई आलुमा आत्मनिर्भर बनाएपछि आउँदा दिनमा नगरपालिकालाई समेत आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । 

वडामा चिस्यान केन्द्र निर्माण गरेपछि आलु मात्रै नभइ वडामा उत्पादन गरिएका फलफूल, तरकारीलगायतका बस्तुलाई भण्डारणमा सहज हुने विश्वास गरिएको  शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।  

कृषकले उत्पादन गरेर बढी भएको कृषिजन्य बस्तु चिस्यान केन्द्रमा लैजान र ढुवानीको लागि वडाले जिम्मा लिन्छ तर चिस्यान केन्द्रमा राख्दा हुने खर्च भने स्वयम कृषकले ब्योर्हनुपर्ने व्यवस्था मिलाइएको छ । 

आइतबार, ०२ फागुन २०७७, १४ : १५

प्रतिक्रिया