भारत- इंग्ल्यान्ड टेष्ट : इंग्ल्यान्ड १३४ रनमा अलआउट

आइतबार, ०२ फागुन २०७७, १८ : २८

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड १३४ रनमा जोडेर अलआउट भएको छ। 

पहिलो इनिङ्स इंग्ल्यान्डका लागि विकेटकिपर बेन फोएक्सले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चेन्नइमा भइरहेको टेष्टको दोस्रो दिन आइतबार रविचन्द्रन आश्विनले ५ विकेट लिएपछि इंग्ल्यान्ड ५९।५ ओभरमै कम स्कोरमा अलआउट भएको हो ।

इङ्ल्यान्डलाई सस्तोमा समेट्न भारतका रविचन्द्रन आश्विनले ५ तथा इशान्त शर्मा र अक्सर पटेलले दुई दुई विकेट लिए। मोहम्मद सिराजले एक  विकेट हात पारे।

यसअघि भारत पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो। जसमा ओपनर रोहित शर्माले १६१ रन बनाए । यस्तै अजिन्का रहानेले ६७ रन जोडे ।

पहिलो इनिङ्समा १९५ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्सको ब्याटिङ सुरु गरिसकेको छ ।
 

आइतबार, ०२ फागुन २०७७, १८ : २८

प्रतिक्रिया