सोमबार १०० रुपैंयाले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

सोमबार, ०३ फागुन २०७७, ११ : ०२

काठमाडौं-  सोमबार सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ९० हजार ८०० रुपैैयामा कारोबार भएको सुनको मुल्य सोमबार तोलामा १०० रुपैंयाले घटेर प्रतितोला ९० हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९० हजार २०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो आइतबार सुनको मुल्य १३ सय ३५ रुपैंया रहेको थियो ।

सोमबार, ०३ फागुन २०७७, ११ : ०२

प्रतिक्रिया