काठमाडौं- लिजयोलाई ३-१ ले पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा पुगेको छ ।
एसी मिलान स्पेजिअसँग पराजित भएको फाइदा उठाउँदै इन्टर शीर्ष स्थानमा पुगेको हो । इन्टरले एसी मिलानमाथि १ अंकको अग्रता बनाएको छ ।
खेलको २२औं मिनेटममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।
६१औं मिनेटमा लाजियोका सर्जेइ मिलिनकोभिक साभिकले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ६४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।
२२ खेलबाट ५० अंक जोड्दै इन्टर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट ४९ अंक रहेको एसी मिलान दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया