सञ्चालनमा आयो एसजे मोटोबाइक कफि कल्चर फन

३ बर्ष अगाडि

काठमाडौं - स्याकार ट्रेडिङ्ग कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस।जे। मोटोको स्थापना गरेका छन् ।

यही माघ ३० गतेका दिन लन्च गरिएको उक्त एस।जे। मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको कम्पनीले जनाएको छ । 

मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि आन्नद लिनसकिने कम्पनीले जनाएको छ ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस।जे। मोटोको रिटेल सेक्सन मार्फत ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डी।सी।का सामानहरु समेत खरिद गर्न सकिन्छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया