भारत- इंग्ल्यान्ड टेष्ट : इङल्याण्डलाई ४८२ रनको लक्ष्य

सोमबार, ०३ फागुन २०७७, १६ : ३८

काठमाडौं- भारतले जारी दोस्रो टेस्टमा इङल्याण्डलाई ४८२ रनको लक्ष्य दिएको छ । भारतले दोस्रो इनिंगमा २८६ रन बनाएर अलआउट भएपछि पहिलो इनिंगमा १९५ रनको अग्रताको आधारमा ४८१ रनको अग्रता बनाएको हो ।

आश्विनले आफ्नो टेस्ट क्यारियरको पाँचौ शतक बनाउदै १०६ रन बनाएर आउट भए । भारतका लागि कप्तान विराट कोहलीले ६२, रोहित शर्माले २६ र मोहमद सिराजले अविजित १६ रन बनाए ।

त्यस्तै इङल्याण्डका बलर ज्याक लीच र मोइन अलीले ४-४ विकेट लिए भने ओली स्टोनले एक विकेट लिए ।

अब इङल्याण्डले दोस्रो टेस्ट जित्न ४८२ रनको लक्ष्य पाएको छ भने आजको खेल छोडेर अझै दुई दिनको खेल बाँकी रहेको छ ।

जारी चार खेलको टेस्ट सिरिजमा इङल्याण्डले पहिलो टेस्ट जित्दै १-० ले अग्रता बनाएको छ ।      

सोमबार, ०३ फागुन २०७७, १६ : ३८

प्रतिक्रिया