भारत-इंग्ल्याण्ड टेस्ट : इंग्ल्याण्ड १६४ रनमा  अलआउट

मंगलबार, ०४ फागुन २०७७, १३ : ४९

इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतरले सनादार जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले ३१७ रनको फराकिलो जित हात पारेको हो । भारतले दिएको ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६४ रनमै अलआउट भएको थियो । 

टस जितेर ब्याटिङ थालेको भारतले पहिलो पालीमा ३२९ रन बनाएको थियो । उसका लागि रोहित शर्माले १६१ रन बनाए । यस्तै आजिन्क्या रहाणेले ६७ र रिषभ पन्तले ५८ रन बनाए । इंग्ल्याण्डका मोइन अलिले ४ विकेट लिए ।

इंग्ल्याण्डले पहिलो पालीमा १३४ रन बनायो । उसका लागि बेन फोक्सले ४२ रन बनाए । भारतले दोस्रो पालीमा २८६ रन बनायो । भारतका लागि रविचन्दन आश्विनले शतक बनाए । कप्तान विराट कोहलीले ६२ रन बनाए ।

पहिलो पालीमा १९५ रनको अग्रता जोगाएको भारतले समग्रमा ४८२ रनको लक्ष्य इंग्ल्याण्डलाई दियो । विशाल लक्ष्य पछ्याएको इंंग्ल्याण्ड भने १६४ रनमै अलआउट भयो । जितसँगै भारतले चार खेलको टेस्ट सिरिज एक एकको बराबरीमा ल्याएको छ । पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

भारतको जीतका  लागी  डेब्यु स्पिनर अक्षर पटेल पहिलो पालीमा दुई विकेट लिए सँगै पाँच विकेट लिए  ।  यस्तै रविचन्दन आश्विनले तीन तथा कुलदिप यादवले दुई विकेट लिए । इंग्ल्याण्डका मोइन अलिले ४३ रन बनाए  । 
 

मंगलबार, ०४ फागुन २०७७, १३ : ४९

प्रतिक्रिया