खेलका क्रममा घाइते भएकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले बाँकी खेल सँगै एक बर्ष खेल्न नस्कने भएकी छिन् ।
एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिईन् । खेलको क्रममा पुलिसको गोलकिपर सँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकि थिईन् ।
सावित्राको घुँडाको लिगामेन्ट च्यातिएकाले उनको शल्यक्रिया गर्नुपर्ने भएको छ । चोट गम्भीर भएकाले उनले करीब एक बर्ष खेल्न नसक्ने डाक्टरहरुले बताएका छन् ।
सावित्राले अहिलेसम्म नेपालको तर्फबाट ३८ गोल गरेकी छन् । यो गोल संख्या नेपालका कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।
राष्ट्रिय महिला लिगमा सावित्राको टिम एपीएफ ३० अंकसहित शीर्ष स्थानमा छ । जारी लिगमा उनले ४३ गोल गरिसकेकी छिन्
प्रतिक्रिया