२४ हजार टन धान खरिद

बुधबार, ०५ फागुन २०७७, ०७ : ५५

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २४ हजार टन धान खरिद गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको हो ।

सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले समर्थन मूल्यअनुसार धान खरिद गरेको जानकारी दिएको छ । किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्छ ।

कम्पनीले राजापुरबाट मोटा धान ३ हजार ५९८ टन र मकवानपुरबाट ५८७ टन खरिद गरेको छ । धनगढीबाट मोटा धान ५ हजार ३८६ टन खरिद गरेको छ । यस्तै, विर्तामोडबाट सोना मन्सुली धान १ हजार ४९९ टन रन्जित धान ५० टन खरिद गरेको छ ।

विराटनगर १ हजार ५ सय टन धान खरिद गरेको छ । यस्तै, लाहानबाट २ हजार २५६ टन, वीरगन्जबाट २ हजार ९४८ टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । भैरहवाबाट १८ टन, जनकपुरबाट १ हजार ६१२ टन, महेन्द्रनगर ९४७ टन, नेपालगन्जबाट १ हजार ६ सय टन धान खरिद गरेको कम्पनीले जानकारी दिए ।

बुधबार, ०५ फागुन २०७७, ०७ : ५५

प्रतिक्रिया