फाफ डु प्लेसिसले लिए टेष्ट क्रिकेटबाट सन्यास

बुधबार, ०५ फागुन २०७७, १६ : १३

दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान फाफ डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको लिएका छन् । फाफ डु ले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनले आफ्नो टेष्ट क्रिकेटको करियरमा ६९ टेष्टमा ४ हजार १ सय ६३ बनाएका छन्। यसमा उनका १० शतक र २१ अर्धशतक सामेल छन्।

दक्षिण अफ्रिकाले उनको कप्तानीमा ३६ टेष्ट खेलेकोमा १८ मा जित १६ मा हाल व्यहोरेको थियो। तीन खेलमा बराबरी खेलेको थियो।

यस्तै उनले दक्षिण अफ्रिकाका लागि हालसम्म १४३ एकदिवसीय खेलमा ५ हजार ५ सय ७ रन बनाएका छन्। जसमा उनले १२ शतक र ३५ शतक बनाएका छन्। यसैगरी टि–ट्वेन्टीमा एक शतक र १० अर्धशतकको मद्दतमा १ हजार ५ सय २८ रन बनाएका छन्।

बुधबार, ०५ फागुन २०७७, १६ : १३

प्रतिक्रिया