दिल्लीले किन्यो स्टिव स्मिथलाई २ करोड २० लाखमा

विहीबार, ०६ फागुन २०७७, १६ : ०९

एजेन्सी - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सन शुरु भएको छ । अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथलाई दिल्लीले लिएको छ ।

उनलाई दिल्लीले दुई करोड २० लाख भारुमा अनुबन्ध गरेको हो । यो संगै अब उनी १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

यसअघि, १२ करोड ५० लाख भारतीय रुपैयाँमा राजस्थानमा अनुबन्ध भएका स्मिथले सन् २०२० मा १४ खेलमा तीन अर्धशतकसहित ३११ रन जोडेका थिए ।

विहीबार, ०६ फागुन २०७७, १६ : ०९

प्रतिक्रिया