विश्व फुटबल संघ फिफाको वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
नेपालले गत नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेले पश्चात कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । बंगलादेशसँग एक खेलमा हार ब्यहोरेको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।
यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८६ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।
फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । यस्तै स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र इटाली दशौं स्थानमा रहेका छन् भने नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।
प्रतिक्रिया