इन्डियन प्रिमियर लिग (आइपिएल) १४औँ संस्करणका लागि खेलाडीको अक्सन भएको छ। जसमा सर्वाधिक धेरै महङ्गोमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किनेको छ । मोरीसलाई रोयल्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको हो ।
यो संगै मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।यसअघि २०१५ मा भारतीय खेलाडी युवराज सिंहलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रुपैयाँमा किनेको थियो।
प्रतिक्रिया