पन्जाब किङ्सले अस्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई १४ करोडमा किनेको छ । चेन्नइमा बिहीबार भएको मिनी अक्सनमा पन्जाबले रिचर्डसन लाई १४ करोडमा किनेको हो ।
बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थानमा थिए ।
यस्तै अक्सनमा बंगलादेशका खेलाडी साकिब अल हसन कोलकताबाट खेल्ने भएका छन् । चेन्नईमा भएको अक्सनमा साकिबलाई कोलकाताले ३ करोड ४० लाखमा किनेको हो ।
उनी आईपीएलको पहिलो सिजन कोलकाताबाट खेलेका थिए । पछिल्लो सिजन उनले हैदरावादबाट खेलेका थिए ।
प्रतिक्रिया