पन्जाबले ५ करोड २५ लाख भारुमा शाहरुख खानलाई अनुबन्ध गरेको छ । पन्जाबको मालिकमा बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा रहेकी छिन् । २५ वर्षिय शाहरुख खानलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । खान तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।
तालिम नाडुलाई यस सिजनको शैद मुश्ताक अली ट्रफी उपाधि दिलाउन शाहरुख खानले उत्कृष्ट प्रर्दशन गरेका थिए । शारुख पार्टटाइममा बलिङ गर्ने गर्दछन् । शाहरुखले न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकेका थिए । उच्च रोजाईका साथ उनी पन्जाब पुगेका हुन् ।
प्रतिक्रिया