सन्दीप ‘अनसोल्ड’ खेलाडीको सुचिमा !

विहीबार, ०६ फागुन २०७७, १८ : १८

नेपाली लेग स्पेनर सन्दीप लामिछानेलाई आइपिएल १४औँ सिजनमा कुनै पनि टिममा अनुबन्धित भएनन् । चेन्नईमा आज भएको  खेलाडीको अक्सनमा सन्दीपलाई कुनै पनि टिमले अनुबन्धित  गरेन  । 

कुनै पनि टिम अनुबन्ध गर्न तयार नभएपछि उनी ‘अनसोल्ड’ खेलाडीको सूचीमा परेका छन्।

सन्दीपको आधारभूत मूल्य ४० लाख भारु थियो। यसअघि आइपिएलका तीन सिजनमा दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई यसपटक क्लबले रिटेन गरेपछि उनी अक्सनमा सामेल भएका हुन्। आइपिएलको तीन सिजनका नौ खेलमा सन्दीपले १३ विकेट लिएका छन्।

सन्दिपले आइपिएलका साथै बिग ब्यासलगायत विश्वका सबैजसो चर्चित क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

विहीबार, ०६ फागुन २०७७, १८ : १८

प्रतिक्रिया