भारत विरुद्धको तेश्रो टेस्टका लागी इङ्ल्यान्डले सदस्यीय टिमको घोषणा गरेको छ । इङ्ल्यान्डले भारतसँगको तेश्रो टेस्टका लागि १७ सदस्यीय टिमको घोषणा गरेको हो ।
२४ फेब्रुअरीमा अहमदाबादमा हुने तेश्रो टेस्टका लागि इङ्ल्यान्डको टिममा जो रुट कप्तान, जेम्स एन्डरसन, जोरा आर्चर, जोनी बेयरस्टो, डम बेस, स्टुअर्ड ब्रोड, रोरी बन्र्स, ज्याक क्रोले, बेन फोक्स, ड्यान लोरेन्स, ज्याक लीच, ओली पोप, डम सिब्ले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स र मार्क वुड रहेका छन् ।
चार टेस्ट म्याचको सीरीजमा दुई म्याच खेलिसकेका दुवै टिम १–१ को बराबरी मा छन् । चेन्नईमा भएको पहिला दुई टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई २२७ रनले हराएको थियो भने दोश्रो टेस्टमा भारतले इङ्ल्यान्डलाई ३१७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
प्रतिक्रिया