सचिन तेन्दुलकरका छोरा मुम्बई इन्डियन्समा अनुबन्धीत

शुक्रबार, ०७ फागुन २०७७, १३ : ३९

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरालाई मुम्बई इन्डियन्समा  अनुबन्धित भएका छन् । हिजो भएको आईपीएल १४औँ सिजनको अक्सनमा अजुर्न तेन्दुलकरलाई मुम्बई इन्डियनले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । 

सचिनको पूर्व टिम रहेको मुम्बईले  अक्सनको अन्तिम समयमा  अजुर्नलाई खरिद गरेको थियो । 

२१ वर्षीय अर्जुन  बायाँ हाते तीव्र गतिका बलर रहेका छन् ।   उनले भारतको उमेर समूह र घरेलु क्रिकेट खेलीसकेका छन् । अर्जुनले गत जनवरीमा मुम्बईबाट हरियाणविरुद्ध भारतको चर्चित टि–२० प्रतियोगिता शैद  मुश्ताक अली ट्रफीमा डेब्यु गरेका थिए । उक्त खेलमा उनले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिएका थिए ।

 

शुक्रबार, ०७ फागुन २०७७, १३ : ३९

प्रतिक्रिया