अशोक लेल्यान्डद्धारा भिकिङ २२२ मोडल बसका ग्राहकलार्ई च्यासिस हस्तान्तरण

३ बर्ष अगाडि

काठमाडौं - आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले भिकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । 

काठमाडौंमा एक कार्यक्रम गरी व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेशनल अपरेसन सञ्जय सारस्वत र सार्कराष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्तरूपमा उक्त च्यासिस हस्तान्तरण गरिएको हो ।

नेपालमा भिकिङ २२२ को बजारलाई अझै विकास गर्दै आक्रामक बनाउन सहयोग गरेकोमा कम्पनीले उक्त कार्यक्रम मार्फत ग्राहकहरुलाई धन्यवाद पनि दिएको छ । 

भिकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया