ललितपुर महानगरपालिकाले दियो गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई २० लाख

शुक्रबार, ०७ फागुन २०७७, १६ : ४६

काठमाडौं - ललितपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो संगै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि थप उर्जा मिलेको उनले बताए । 

यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको पनि उनले बताए । 
 

शुक्रबार, ०७ फागुन २०७७, १६ : ४६

प्रतिक्रिया