ओसाकाले हात पारिन अष्ट्रेलियन ओपनको उपाधि

शनिबार, ०८ फागुन २०७७, १६ : ३८

काठमाडौं – अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।

मेलबर्नमा आज भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई हराउँदै उनले उपाधि हात पारेकी हुन् । तेस्रो वरीयताकी ओसाकाले २२ औं वरीयताकी ब्राडीलाई ६–४ र ६–३ को सेटमा हराएकी हुन् ।

यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छन् । यसअघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।
 

शनिबार, ०८ फागुन २०७७, १६ : ३८

प्रतिक्रिया