आठौँ पर्वतीय खेलकूद महोत्सव नहुने

आइतबार, ०९ फागुन २०७७, १८ : १२

गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित भएको  छ  । आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ले एक  विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो । 

महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएता पनि प्राविधिक कारण महोत्सव स्थगित गरिएको  विज्ञप्तिमा उल्लेख छ । 

फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ । उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ । 

आइतबार, ०९ फागुन २०७७, १८ : १२

प्रतिक्रिया