काठमाडौँ- विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागिएको छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ । कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ ।
हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ ।
नयाँ फ्लैगसिप सिरिज, नयाँ यात्रा
सन् १९६० को दशकमा कम्र्फोटेबल अनुभूतिका साथै लामो र आरामदायी यात्राका लागि सोअनुसार डिजाइन गरिएको माग उच्च भएपछि जीटी स्पोर्ट कारको उत्पादन शुरू भएको थियो । जीटी कारको पर्फमेन्स सामान्य कारको भन्दा उत्कृष्ट हुने धारणा जनमानसमा रहेको पाइन्छ ।
नयाँ पर्फमेन्ससहितको फ्लैगसिप सिरिजको यो स्मार्टफोन स्नैपड्रैगन ८८८ प्रोस्रेसरयुक्त रहेको छ । जीटीको आफ्नै विशिष्ट महत्व रहेको छ, यसको प्रयोग उन्नत लाग्ने मात्र नभएर यसल ेनिरन्तर वृद्धिको अनुभूति दिलाउने तथा अन्य विश्वसनीय क्षमताहरु पनि रहेको कम्पनीको रहेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजााइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ, यो केबल रेसिङको रुपमा मात्र नभएर युवापुस्तालाई आत्मिक सन्तुष्टि दिँदै नयाँ धारणा विकास गर्न सक्ने दाबा कम्पनीको छ ।
चुनौतीदेखि उन्नतिसम्म, नयाँमार्गमा सफलता
सन् २०२० मा विभिन्न चुनौतीको सामना सहित नयाँ अवसरहरूका साथ रियलमी स्मार्टफोन उद्योगको क्षेत्रमा बलियो प्रतिस्पर्धी बन्दै द्रूत रूपमा उदाएको छ । लगातार वर्षको दुई त्रैमासिक भित्रै तीव्र बजार विस्तार गरेको यस कम्पनीलाई ‘काउन्टरपोइन्ट’ले विश्वभर सबैभन्दा चाँडो ५ करोड मोबाइल फोन विक्री गर्ने कम्पनीको सूचिमा राखेको छ । सन् २०२१ मा रियलमी ‘जीटी’ ले रियलमीका उत्पादन एवं ब्राण्डलाई अपग्रेड गर्दै राम्रो उत्पादन, उत्कृष्ट प्रविधि भित्र्याएर मध्यदेखि उच्च बजारमा नयाँ ट्रेन्ड स्थापना गर्ने विश्वास गरिएको छ । जसले युवापुस्तालाई उन्नति गर्ने आँट दिनेछ ।
कम्पनीको बारेमा
रियलमी प्रविधिमा नयाँ छलाङ मार्दै स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्दै गएको कम्पनी हो । विशेष गरी वैश्विक सोच राख्ने युवाजमातका माझ यसका उत्पादन लोकप्रिय छन् । यसको प्रविधि र डिजाइनले युवालाई ‘चुनौतीदेखि उन्नति’सम्मको आँट दिन्छ । सन् २०२० को तेस्रो त्रैमासिकमा सार्वजनिक ‘काउन्टरपोइन्ट’को रिपोर्टअनुसार विश्वमै उत्कृष्ट सात औँ नम्बरको बजार रियलमीको थियो । रियलमी सबैभन्दा धेरै स्मार्टफोन विक्री गर्ने मूलधारको स्मार्टफोन ब्राण्ड मध्येको एक बनेको छ । सन् २०१९ मा ८०८ प्रतिशतले बजार वृद्धि गर्दै रियलमीले अढाई करोड मोबाइल फोन विक्री गरेर २०१९ का ४ वटै त्रैमासिक र २०२० का दुई त्रैमासिकमा सबैभन्दा तीव्र गतिमा उन्नति गरेको स्मार्टफोन ब्राण्ड बन्न सफल भयो । हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।