न्युजील्यान्ड अस्ट्रेलिया टी२० : ५३ रनले न्युजील्यान्ड विजय

३ बर्ष अगाडि

काठमाडौं- न्युजील्यान्डले अस्ट्रेलियाविरुद्ध सोमवार सम्पन्न पहिलो टी२० मा ५३ रनले विजय हासिल गरेको छ । 

डेभोन कोनवेले ५९ बलमा नटआउट रहँदै ९९ रन बनाए । न्युजील्यान्डले पाँच विकेटको क्षतिमा १८४ रन बनायो । 

जवाफमा अस्ट्रेलियाको शीर्ष ब्याट्स्म्यानहरू लगालग आउट भए अनि पूरै टीम १३१ रनमा अलआउट भयो । 

न्युजील्यान्डका फास्ट बलरहरू ट्रेन्ट बोल्ट र टिम साउदीले अस्ट्रेलियालाई  १९ रन बन्दासम्म चार विकेट लिए । 

मिच मार्शले सर्वाधिक ४५ रन बनाए । त्यसपछि न्युजील्यान्डका इश सोधीले चार विकेट लिएका थिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया