नेप्सेमा ७८ अंकको गिरावट, १६८ कम्पनीका शेयरधनी घाटामा

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेप्सेमा अत्याधीक गिरावट देखिएको छ । आज कारोबार सुरु भएको केहि समयबाटै ओरालो यात्रा तय गरेको नेप्से १ बज्न लाग्दा ७८.४१ अंकले झरेको हो । 

नेप्सेमा ७८ अंकको गिरावट आएसँगै परिसूचक २५ सय २९ को विन्दुमा पुगेको छ ।

त्यस्तै, अहिले सम्ममा कारोबारमा आएका कम्पनीहरु मध्य १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूलय बढेको छ । 

यता, अहिले सम्ममा ८१ लाख ३७ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका १२ उपसमूहमा सबै उपसमूह घटेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया