होण्डाको सिवी३५० केही महिनामै नेपाली बजारमा

३ बर्ष अगाडि

काठमाडौं-  होण्डाले नयाँ मोटरसाइकल सिवी३५० नेपाली बजारमा केही महिनामै ल्याउने जनाएको छ । एक सय किलोमिटरसम्म स्पीड गुड्नसक्ने एफआइ इन्जिन भएकोे मोटरसाइकल नेपाली बजारमा उपयुक्त हुने कम्पनीले जनाएको हो ।

एयर कुल भएको र १५ लिटर पेट्रोल टंक क्षमता भएको वाइकले ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने जनाएको छ । दुवै तर्फ डिक्स ब्रेक भएको र ट्युवलेस टायर रहेको जनाएको छ । १६८ एमएम ग्राउण्ड क्लिरेन्स भएको मोटरसाइकल १७९ किलोग्राम सहित ३ रंगमा उपलब्ध गराएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया