तीन महिनादेखि टेलिकमको स्काइ टावर अवरुद्ध

फागुन ११, २०७७ | आजको अर्थ
ajaako_artha

त्रिदेशीय सीमा नजिकै रहेको दार्चुलाको ब्यास गाउँपालिका छाङ्गरुस्थित नेपाल टेलिकमको स्काइ टावर तीन महिनादेखि अवरुद्ध रहेको छ । गत मङ्सिरदेखि व्यासी सौका समुदायका बसाइँसराइ (कुञ्चा) सदरमुकाम सरेयता छाङ्गरुमा रहेको टावर अवरुद्ध भएको हो ।

 स्थानीयवासी गाउँमा हुँदासम्म फोन सेवा सुचारु थियो । त्यसपछि टावर मर्मतका लागि पहल भएको छैन् । ब्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र नेपाल प्रहरी यो वर्षदेखि बाह्रैमास बसेका छन् । विगतमा छ महिना मानवविहीन हुने छाङ्गरु तिङ्करमा पहिलो पटक सुरक्षाकर्मी बाह्रैमास बसेका हुन् । तर यो पटक स्काइ फोन सेवा सुचारु नहुँदा सुरक्षाकर्मी, सबैले ल्याण्डलाइन फोनको मात्र भर पर्नुपरेको गुल्मपति धीरेन्द्र शाहले बताए। 

हामीसँग दुई वटा ल्याण्डलाइन फोन सुचारु छ । त्यही भएर सबै यही फोनमा आएर कुराकानी गर्ने गर्छन् । नेपाल प्रहरी र चार पाँच जना सर्वसाधारण यही फोन प्रयोग गर्छन् । मोबाइल फोन नहुँदा सुरक्षाकर्मीले लाइन लागेर फोन गर्नुपर्ने बाध्यता रहेको गुल्मपति शाहले बताए । 

यो वर्ष हिमपात पनि छैन् । तर समयमै मर्मत सम्भारतर्फ चासो नदिइँदा मोबाइल फोन प्रयोग गर्न नपाइएको उनले बताए । यहाँका स्थानीयवासी मङ्सिर महिनामा सदरमुकाम खलङ्गा झरेका थिए । उनीहरु वैशाख जेठ महिनामा मात्रै छाङ्गरु उक्लिने गर्छन् । त्यो बेलासम्म अहिले छाङ्गरुमा सुरक्षाकर्मी र चार पाँच जना सर्वसाधारण मात्रै छौ । अहिले हिउँ घाम नलाग्ने ठाउँमा मात्रै जमेको छ । अन्य क्षेत्रका हिउँ पनि पग्लिसकेको छ । यो वर्ष विगतको जस्तो हिमपात नहुँदा छाङ्गरुमा बस्न सहज भएको उनको भनाइ छ । अहिले ब्यास पुग्न हिउँ परेका कारण पनि आवतजावतमा कठिनाइ छ । नेपालतिर सडक निर्माणका लागि भर्खर मात्रै ब्यासको सुनसेरामा सेनाले क्याम्प खडा गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८