क्रिकेटर उपुल थरंगाले क्रिकेटबाट सन्यास लिएका छन् ।श्रीलंकाका ३६ वर्षीय ब्याट्सम्यान थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले आफूमा विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद दिदै १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट बिदा लिएको जानकारी गराएका छन् ।
थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २३५ एक दिवसीय अन्तर्राष्ट्रिय र २६ ट्वान्ट्वी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्टमा ३ र ओडीआईमा १५ शतक प्रहार गरेका छन् ।
सन् २००५ मा भारतविरुद्ध टेष्टमा डेब्यु गरेका थरंगाले २००५ मा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए ।यस्तै सन् २००६ मा इंग्ल्याण्ड विरुद्ध टी–२० मा डेब्यु गरेका थरंगाले पछिल्लो पटक २०१८ मा बंगलादेश विरुद्ध टी–२० खेलेका थिए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।