च्याम्पियन्स लिगअन्तगर्त आज दुई खेल हुँदै

३ बर्ष अगाडि

च्याम्पियन्स लिगअन्तगर्त आज दुई खेलहरू हुँदै छन्। च्याम्पियन्स लिगअन्तगर्त राउन्ड अफ १६ का बाँकी ४ मध्ये २ खेल आज राती पौने २ बजे हुनेछन् ।

जसअन्तर्गत ला लिगाको शीर्ष स्थानको एट्लेटिको मड्रिडले इंग्लिस टोली र चेल्सी भिड्नेछन् भने  भने बुन्डेस लिगाको बार्यन म्युनिख र लाजियोबीच भिडन्त हुँदै छ। 

एट्लेटिको मड्रिड समूह ए को उपविजेत हो। समूह चरणमा ६ मध्ये दुई खेलमा मात्र जित निकालेको उसले यो चरणमा बार्यन म्युनिखसँग ४–० को लज्जास्पद हार बेहोरेको थियो। 

चेल्सी भने समूह ए को उपविजेता हो। समूह चरणमा बलियो उपस्थिति देखाएको चेल्सीले कुनै पनि खेल हारेको थिएन। ४ खेलमा जित र २ खेल बराबरी गरेको चेल्सीले १४ अंक बनाएर सेभिल्लालाई उछिनेको थियो। 

त्यस्तै साविक विजेता जर्मन टोली बार्यन समूह ए को विजेता हो। ६ मध्ये पाँचमा जित र १ बराबरी गरेको यो टोली अहिले उच्च फर्ममा छ। लाजियो भने समूह एफ मा जम्मा दुई जित मात्र निकालेर उपविजेता भएको थियो।  

३ बर्ष अगाडि

प्रतिक्रिया