विश्वकै ठुलो 'नरेन्द्र मोदी क्रिकेट स्टेडियम'को उद्घाटन, आजै तेस्रो टेस्ट खेलाइने

बुधबार, १२ फागुन २०७७, १४ : ५७

विश्वकै ठुलो क्रिकेट स्टेडियमको नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा राखिएको छ । बुधबार राष्ट्रपति रामनाथ कोविन्दले उद्घाटन गरेपछि नरेन्द्र मोदी स्टेडियम राखिएको हो । 

भारतको अहमदावादमा बनाइएको मोटेरा स्टेडियमको नाम रहेको सो स्टेडियममा आजैदेखि भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट पनि खेलिदै छ । भारतमा पहिलो पटक खेल्न लागिएको डेनाइट टेस्ट खेल यसै मैदानमा खेल्न लागिएको छ । 

२०१५ मा यस स्टेडियमलाई भत्काएर २०१७ देखि पुनस् निर्माण गरिएको थियो ।  ११ सेन्टर पिच रहेको विश्वको पहिलो क्रिकेट स्टेडियममा अत्याधुनिक सुबिधा र दर्शकको क्षमतालाई बढाएर बनाइएको छ । अब यस स्टेडियममा एकसाथ एक लाख १० हजार दर्शकले प्रत्यक्ष खेलहेर्न सक्ने बनाइएको छ । 

यस स्टेडियम ६३ एकड जग्गामा फैलिएको छ भने तीन वटा प्रवेश द्वारहरु रहेका छन् । यस मैदानमा तीन वटा अभ्यास मैदान, क्लब हाउस, ओलम्पिक साइजको पूल र एक इन्डोर क्रिकेट एकेडेमी समेत रहेको छ । 

मैदानमा २५ जनासम्म बस्न मिल्ने ७६ कर्पोरेट बक्स बनाइएको छ । त्यस्तै स्टेडियममा प्रवेश गर्ने बाहिर निस्किने अलग अलग व्यवस्था गरिएको छ । मेट्रो लाइनसँग जोडिएको यस स्टेडियममा आउने दर्शकका लागि प्रयाप्त पार्किंगको समेत व्यवस्था गरिएको छ । 
 

बुधबार, १२ फागुन २०७७, १४ : ५७

प्रतिक्रिया