इशान्त शर्मा : एक सयौँ खेल खेल्ने चौथौँ बलर

बुधबार, १२ फागुन २०७७, १५ : ४३

काठमाडौं- भारतीय क्रिकेटर इशान्त शर्माले भारतीय टेस्ट टिमका लागि एक सयौँ खेल खेल्ने चौथौँ बलर बनेको छन् । अहदाबादमा जारी इंगल्यान्डविरुद्धको टेस्टमा भारतीय टिममा परेसँगै शर्माले त्यस्तो कीर्तिमान राखेका हुन् । 

यसअघि अनिल कुम्बले, कपिल देब र हरभजन सिंह मात्रै एक सय वा त्यो भन्दा बढी टेस्ट खेल्ने बलरका रुपमा रहेका थिए । कुम्बले, देब र सिंहले क्रमशः एक सय ३२, एक सय ३१ र एक सय तीन टेस्ट खेल खेलेका थिए । त्यसैगरी शर्मा टेस्ट क्रिकेटमा एक सय खेल खेल्ने दोस्रो फास्ट बलर पनि बनेका छन् । 

बुधबार, १२ फागुन २०७७, १५ : ४३

प्रतिक्रिया