काठमाडौं मेयर कप क्रिकेट प्रतियोगीता फाल्गुन २२ देखि हुने

बुधबार, १२ फागुन २०७७, १६ : २७

काठमाडौं मेयर कप क्रिकेट  २०७७ आगामी फाल्गुन  देखि सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने प्रतियोगीता यही फाल्गुन २२ गते देखि संञ्चालन हुने भएको हो । 

प्रतियोगिता त्रिभुबन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आगामी फाल्गुन २२ देखि २९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने छन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ ।

महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ ।

बुधबार, १२ फागुन २०७७, १६ : २७

प्रतिक्रिया