इङल्याण्ड ११२ रनमा अलआउट

बुधबार, १२ फागुन २०७७, १९ : १६

भारतविरुद्धको तेस्रो टेस्टमा  इङल्याण्ड पहिलो इनिंगमा अलआउट भएको छ । विश्वकै ठुलो स्टेडियममा आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो इनिंगमा इङल्याण्ड ११२ रन मात्र बनाएर अलआउट भएको छ ।

भारतमा पहिलो पटक भएको यस डे(नाइट टेस्टमा इङल्याण्डको पुरै टिम केबल ४८।४ ओभर खेलेर अलआउट भएको हो ।

इङल्याण्डका लागि ओपनर जाक क्रवलीले सर्बाधिक ५३ रन बनाए भने कप्तान जो रुटले १७, बेन फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङल्याण्डलाई सस्तैमा आउट गर्नेक्रममा आफ्नो क्यारियरको दोस्रो टेस्ट खेलिरहेका अक्सर पटेलले ६ विकेट लिएका थिए । अक्सरले इङल्याण्डविरुद्धको यस अघिको आफ्नो डेभ्यु टेस्टमा पनि ५ विकेट हलसहित ७ विकेट लिएका थिए ।

त्यस्तै भारतका लागि आर आश्विनले ३ विकेट लिए भने आफ्नो सयौं टेस्ट खेलिरहेका इशान्त शर्माले एक विकेट लिएका छन् ।

अब केहिबरमा भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गर्दै छ ।   

बुधबार, १२ फागुन २०७७, १९ : १६

प्रतिक्रिया