इल्चेमाथि बार्सिलोनाको ३–० को विजय

विहीबार, १३ फागुन २०७७, १० : २१

लियोनल मेस्सीको दुई गोलप्रेरित बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा इल्चेमाथि ३–० को विजय हासिल गरेको छ। 

अर्जेन्टिनाका फरवार्ड मेस्सीले ४८औं मिनेटमा फरवार्ड मार्टिन ब्रेथवाइटसँगको तालमेलमा गोल थिए ।  मेस्सीले ६८औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए। 

 जारी लिगमा मेस्सीको यो १८औं गोल हो। जुन दोस्रो स्थानमा रहेका लुइस स्वारेजको भन्दा दुई गोलले बढी हो। ब्रेथवाइटको पासमा जोर्डी अल्बाले तेस्रो गोल थपेपछि बार्सिलोना तीन अंक पक्का गरेको हो। 

जितपछि २४ खेलबाट ५० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा कायम छ।

विहीबार, १३ फागुन २०७७, १० : २१

प्रतिक्रिया