न्युजिल्याण्ड सँग अष्ट्रेलियाको लगातार दोस्रो हार

विहीबार, १३ फागुन २०७७, १२ : ०८

टी–२० क्रिकेटमा अष्ट्रेलियाले दोस्रो हार व्यहोरेको छ ।  डुनेडीनमा बुधबार भएको खेलमा घरेलु टिम  न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले हराएको हो । 

न्युजिल्याण्डले २ सय २० रनको लक्ष्य दिएको थियो । ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन मात्र बनायो  ।

अष्ट्रेलियाका मार्कुस स्टोनिसले ७८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै जोस फिलिपले ४५ रन जोड्दा डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाए ।

न्युजिल्याण्डका मिचेल स्टानरले ४ विकेट लिए । जेम्स निशमले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ९७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निशमले अविजित ४५ रन बनाए । केन रिचार्डसनले ३ विकेट लिए ।

जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले २–० को अग्रता बनाएको छ । घरेलु टिमसँगको सिरिजका लागि अष्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा रहेको छ ।

विहीबार, १३ फागुन २०७७, १२ : ०८

प्रतिक्रिया