दोस्रो टी–२० क्रिकेट अन्तरगर्त आज भएको खेलमा न्युजिल्याण्डले चार रनको जित हासिल गरेको छ । न्युजिल्याण्डले अस्ट्रेलियालाई २ सय २० रनको लक्ष्य दिएको थियो ।
आठ विकेट गुमाएर दुई सय १५ रन बनाएको अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल साम्सले १४ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनरले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल ९७ रनमा आउट भए । त्यस्तै केन विलियमसनले ५३ र जेम्स नीशमले अविजित ४५ रन बनाए । अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए ।
यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।
प्रतिक्रिया