२ करोडको बजेटमा हालसम्मकै ठूलो फेलोसिप कार्यक्रम सञ्चालन हुँदै

३ बर्ष अगाडि

काठमाडौं - हालसम्मकै ठूलो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । तथ्यांक सम्बन्धी सीप विकास गर्ने उद्देश्यले उक्त कार्याक्रम हुने भएको हो । 

विश्वभर नै तथ्यांकसम्बन्धी सीप सिकाउँदै आएको डाटा क्याम्पको विशेष सहयोगमा कार्यक्रम हुन लागेको हो ।कार्यक्रममा ५ सय भन्दा बढी नेपालीलाई सहभागी गराइने बताइएको छ ।

यस कार्यक्रमको कुल बजेट करिब दुई करोड नेपाली रुपैँया बराबरको रहने छ । कार्यक्रममा सहभागीहरुलाई तालिममा सघाउने र त्यसपछिका सम्भावित अवसरका खोजीमा सहजीकरण गर्न ओपन नलेज नेपाल र कोड फर नेपाल नामक दुई संस्थाले साझेदारी गरेका छन् । 

कार्यक्रममा छनोट भएका व्यक्तिहरुले आफ्नो अनुकुलमा विज्ञ व्यक्तिबाट तथ्याकंसम्बन्धी सीप सिक्न पाउनेछन् । तालिमको अवसर पाएपछि उनीहरुले आफ्नो दक्षता नेपालमा मात्र नभई विश्व बजारमै तथ्यांक वैज्ञानिक (डाटा साइन्स), तथ्यांक इन्जीनीयर (डाटा इन्जिनियर) र तथ्यांक विश्लेषक (डाटा एनालिष्ट) जस्ता पदमा जागिर वा काम पाउनसक्ने सम्भावना रहन्छ । 

डाटा क्याम्पमार्फत् कुनै सहभागीले तोकिएको कोर्ष पूरा गरेपछि अरु सीप सिक्न चाहेमा उनीहरुका लागि आयोजकले थप सहयोग गर्ने जनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया