काठमाडौं- प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।
पहिलो लेगमा पोर्चुगिज क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतिक्रिया